१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसी राष्ट्रपति पुटिनलाई मोदीले उपहारमा दिए गीता

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिनको भारत भ्रमणमा छन्। 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भारत पुगेलगत्तै  बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई रुसी भाषामा लेखिएको गीता एक प्रति उपहार स्वरूप दिएका छन्। प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, ‘राष्ट्रपति पुटिनलाई रुसी भाषामा लेखिएको गीता एक प्रति भेट गरेँ। गीता–उपदेशले विश्वभर लाखौं मानिसलाई प्रेरणा दिने काम गरेको छ।’

रुसका राष्ट्रपति पुटिन बिहीबार दुई दिने भारत यात्राका लागि दिल्ली पुगे। उनको विमान दिल्लीको पालम एयरपोर्टमा अवतरण भयो, जहाँ प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं उपस्थित भई उनीहरूको स्वागत गरेका थिए।

विमानस्थलमा औपचारिक स्वागत पछि प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिन एउटै गाडीमा बसेर मोदीको आधिकारिक निवास स्थानमा पुगेका थिए।

युक्रेनसँगको युद्ध प्रारम्भ भएकोपछि राष्ट्रपति पुटिनको यो पहिलो भारत यात्रा हो। यस यात्रामा राष्ट्रपति पुटिन र प्रधानमन्त्री मोदी २३औँ भारत–रुस वार्षिक शिखर सम्मेलनमा सहभागी हुनेछन्। एजेन्सी

प्रकाशित: १९ मंसिर २०८२ ०७:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App