भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार जापानको राजधानी टोकियो पुगेका छन्। प्रधानमन्त्री मोदी दुई देश (जापान र चीन)को चार दिने भ्रमणमा छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार र ट्यारिफ नीतिका कारण भारत-अमेरिका सम्बन्ध तनावपूर्ण रहेको बेला प्रधानमन्त्री मोदीको जापान र चीन भ्रमण हुँदैछ।
जापान पुगेपछि प्रधानमन्त्री मोदीले एक्समा लेखे, 'भारत र जापानले आफ्नो विकास सहयोगलाई निरन्तर सुदृढ पारिरहेका छन्। म यस भ्रमणको क्रममा प्रधानमन्त्री इशिबा र अन्य नेताहरूलाई भेट्न उत्सुक छु। यसले विद्यमान साझेदारीलाई अझ गहिरो बनाउने र सहयोगका नयाँ मार्गहरू अन्वेषण गर्ने अवसर प्रदान गर्ने छ।'
भ्रमणमा जानुअघि प्रधानमन्त्री मोदीले एक्समा जानकारी दिएका थिए कि जापानपछि उनी चीनमा हुने सांघाई सहयोग संगठन (एससीओ) को बैठकमा भाग लिने छन्।
यहाँ प्रधानमन्त्री मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायत धेरै नेताहरूलाई भेट्ने छन्।
प्रकाशित: १३ भाद्र २०८२ ०८:१६ शुक्रबार




