१३ वैशाख २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विमानको इन्जिनमा आगलागी, ६ जना घाइते

भारतको दिल्ली विमानस्थलमा विमानको इन्जिनमा आगलागी हुँदा ६ जना घाइते भएका छन्।  

स्विस अन्तर्राष्ट्रिय विमान सेवाको एउटा विमानले उडान भर्न लाग्दा इन्जिनमा आगलागी भएपछि उडान स्थगित गरिएको भारतीय संचार माध्यमले जनाएका छन्।  

यो घटना आइतबार बिहान सबेरै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो। ४ शिशुसहित चालक दरका सदस्य र यात्रु गरेर कुल २३२ जना लिएर दिल्लीबाट जुरिख जान लागेको  विमान बिहान धावनमार्गमा रहेको बेला आगलागी भएको हो। आगलागी भएपछि सबै यात्रुलाई तुरुन्तै सुरक्षित रूपमा बाहिर निकालिएको खबरमा उल्लेख छ। घाइतेहरूलाई स्थानीय निजी अस्पतालमा भर्ना गरिएको छ।

विमानस्थल प्रशासनका अनुसार घटनापछि पूर्ण आपतकाल घोषणा गरिएको थियो। विमान सेवाका अनुसार चालकले उडान रोक्दै सावधानीका रूपमा यात्रुहरूलाई बाहिर निकाल्ने निर्णय गरेका थिए।

सम्बन्धित विमान ठूलो आकारको यात्रुवाहक विमान रहेको बताइएको छ। घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको छ।

प्रकाशित: १३ वैशाख २०८३ १६:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App