३१ भाद्र २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

पश्चिमी जर्मनीमा डच सीमा नजिकै  विमान दुर्घटना हुँदा  तीन जना डच नागरिकको मृत्यु भएको डच विदेश मन्त्रालयले पुष्टि गरेको छ। 

मन्त्रालयले डच सार्वजनिक प्रसारणकर्ता एनओएसलाई पीडितहरू ५७ र ५८ वर्षका दुई पुरुष र एक २३ वर्षीया महिला रहेको बताएको छ। 

विमानले पश्चिम–मध्य नेदरल्याण्ड्सको हिलभर्समको सानो एयरफिल्डबाट स्थानीय समय अनुसार विहान लगभग १०ः२५ मा जर्मनीको उत्तरी राइन–वेस्टफालिया राज्यको एर्केलेन्ज जिल्लाको गर्डेरथ नजिकै रडारबाट सम्पर्क विहिन भएको लगभग केही समय पछि ११ः१८ दुर्घटनाग्रस्त भएको थियो। विमान नेदरल्यान्ड्सको हिलभर्सम फ्लाइट सँस्थामा दर्ता गरिएको जनाइएको छ। 

दुर्घटनाको कारण थाहा नभएसम्म व्यवस्थापनले सबै उडानहरू तत्काल स्थगित गर्ने घोषणा गरेको जनाइएको छ । डच सुरक्षा बोर्डले सोमबार दुई उड्डयन अनुसन्धानकर्ताहरूले प्रारम्भिक अनुसन्धानमा सहयोग गरिरहेको बताएको छ। 

प्रकाशित: ३० भाद्र २०८३ १८:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App