अमेरिका र इरानबीच हुने वार्तामा पाकिस्तान सहभागी हुन सक्ने बताइएको छ। पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले बीबीसी उर्दूसँग कुरा गर्दै उक्त वार्ताका लागि निमन्त्रणा प्राप्त भएको पुष्टि गरेका छन्।
तर, वार्तामा पाकिस्तानको तर्फबाट को सहभागी हुने भन्ने विषय अझै तय भइसकेको छैन। यसैबीच, पाकिस्तानी प्रधानमन्त्रीको टोलीका एक सदस्यले बीबीसी उर्दूलाई बताएअनुसार उपप्रधानमन्त्री तथा विदेश मन्त्री इसहाक डार वार्तामा सहभागी हुने सम्भावना छ।
उता, एक अरब अधिकारीले एएफपीलाई बताएअनुसार यो बैठक शुक्रबार टर्कीमा हुने सम्भावना रहेको छ। रोयटर्ससँग कुरा गर्दै अर्का एक अधिकारीले भने, वार्ताको मुख्य उद्देश्य कुनै पनि किसिमको टकराव रोक्नु र दुवै पक्षबीचको तनाव कम गर्नु हो।
उनले थप जानकारी दिँदै भने कि यस वार्तामा अन्य धेरै क्षेत्रीय शक्तिहरूलाई पनि निमन्त्रणा गरिएको छ। अधिकारीका अनुसार पाकिस्तान, साउदी अरेबिया, कतार, इजिप्ट, ओमान र संयुक्त अरब इमिरेट्ससहितका देशहरूलाई विदेश मन्त्री स्तरमा सहभागिताका लागि बोलावट पठाइएको छ। एजेन्सी
प्रकाशित: २१ माघ २०८२ ०७:३८ बुधबार





