६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजामा इजरायलको आक्रमणबारे पाकिस्तानद्वारा विज्ञप्ति जारी

पाकिस्तानले गाजामा इजरायलले गरेको पछिल्लो आक्रमणको कडा शब्दमा निन्दा गरेको छ। यस सम्बन्धमा विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरेको छ।

'यस्ता आक्रमणहरू मुस्लिम र अरब विश्व, संयुक्त राज्य अमेरिका, युरोप र संयुक्त राष्ट्र संघको नेतृत्वको उपस्थितिमा शर्म अल-शेखमा भएको शान्ति सम्झौताको भावना विपरीत छन्,' विज्ञप्तिमा भनिएको छ ।

पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायलाई यी उल्लङ्घनहरू रोक्न, युद्धविरामको पूर्ण पालना सुनिश्चित गर्न र प्यालेस्टिनी जनताको सुरक्षाको ग्यारेन्टी गर्न तत्काल र प्रभावकारी कदम चाल्न अपील गरेको छ।

इजरायल र हमासबीच हालै युद्धविरामको घोषणा भएको छ।

यद्यपि, गत हप्ता हमास र इजरायलले एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाए।

प्रकाशित: ५ कार्तिक २०८२ १९:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App