संयुक्त राज्य अमेरिका र इरानले मध्यपूर्व युद्ध अन्त्य गर्न ‘२४ घण्टाभित्र’ सम्झौता गर्न सक्ने प्रमुख मध्यस्थकर्ता पाकिस्तानले शनिबार जनाएको छ।
यस क्षेत्र र विश्व अर्थतन्त्रलाई तहसनहस पारेको महिनौ लामो युद्धमा स्ट्रेट अफ हर्मुजमा नयाँ झडपका बाबजुद द्वन्द्वरत पक्ष र मध्यस्थकर्ताहरूले लामो समयदेखि प्रतिक्षा गरिएको सम्झौता अन्तिम चरणमा रहेको दाबी गरेका हुन्।
अप्रिल ८ मा भएको युद्धविरामपछि शान्ति सम्झौताका लागि हप्तौँको वार्ता अहिलेसम्म सफल हुन सकेको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयसम्म युद्धविराम लम्ब्याउन मात्र यो सम्झौता सहमतिको नजिक छ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले शनिबार एक्समा लेखेका छन्, 'पहिलेभन्दा धेरै विषयमा सहमति जुटेको छ र स्थायी शान्तिका लागि सम्झौता गर्न हामी सफलता नजिक छौँ। अर्को २४ घण्टाभित्र अन्तिम रूप दिने अपेक्षा गरिएको छ, पाकिस्तानले शान्ति सम्झौताको लागि तुरुन्तै इलेक्ट्रोनिक पत्रमा हस्ताक्षरको तयारी गरिरहेको छ र त्यसपछि अर्को हप्ता प्राविधिक स्तरको वार्ता हुनेछ।' एएफपी
प्रकाशित: ३० जेष्ठ २०८३ १८:४२ शनिबार



-600x400.jpg)

