१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चिनियाँ विद्यार्थी नआए हाम्रा विश्वविद्यालय बन्द हुन्छन् : ट्रम्प

अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ विद्यार्थी नआए अमेरिकी विश्वविद्यालय बन्द हुने दाबी गरेका छन्। मंगलबार उनले भने, ‘मलाई चीन र अन्य देशका विद्यार्थीहरू अमेरिका पढ्न आएको मन पर्छ। यदि ती विद्यार्थीहरू अमेरिका आएनन् भने यहाँका विश्वविद्यालयहरू बन्द हुनेछन्।’ 

उनले थप भने, ‘हाम्रो चीनसँग राम्रो सम्बन्ध छ। उनीहरूका विद्यार्थीहरूलाई आउनबाट रोक्नु उनीहरूको अपमान हुनेछ।’ यो बयानको एक दिनअघि ट्रम्पले चीनले चुम्बक र दुर्लभ पृथ्वीका सामग्रीहरू आपूर्ति नगरेमा २०० प्रतिशत कर लगाउने धम्की दिएका थिए। 

अमेरिकी विदेश विभागको प्रतिवेदनअनुसार २०२३-२०२४ मा अमेरिकामा चिनियाँ विद्यार्थीको संख्या २ लाख ७७ हजार ३९८ थियो, जुन ११ लाख विदेशी विद्यार्थीको २४.५ प्रतिशत हो। 

ट्रम्प प्रशासनले दोस्रो कार्यकालमा विदेशी विद्यार्थीका लागि भिसा नियम कडा बनाएको छ। अप्रिलमा हजारौं विदेशी विद्यार्थीको भिसा रद्द गरिएको थियो। प्रशासनले विद्यार्थीका लागि नयाँ अन्तर्वार्ताको तालिका बनाउन प्रतिबन्ध लगाएको छ। सामाजिक सञ्जाल प्रोफाइलको छानबिन कडा बनाएको छ। एजेन्सी

प्रकाशित: ११ भाद्र २०८२ १३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App