इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य बढेर आए तापनि नेपाल आयल निगमले उपभोक्ताको हितलाई मध्यनजर गर्दै खुद्रा बिक्री मूल्य यथावत् राखेको छ।
निगमका अनुसार शनिबार आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीमा सबैजसो इन्धनको मूल्य वृद्धि भएर आएको छ।
नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रति लिटर २.०९, डिजेलमा २.४७ र खाना पकाउने एलपी ग्यासमा प्रति सिलिन्डर १८.५८ ले मूल्य बढेको छ।
त्यसैगरी, हवाई इन्धनमा पनि प्रति लिटर रु. ५.९८ ले वृद्धि भएको छ।
यसरी भारतबाट इन्धनको मूल्य बढेर आए तापनि आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिको निर्णयअनुसार साविककै खुद्रा बिक्री मूल्यलाई नै यथावत् राखिएको निगमले जनाएकाे छ।
प्रकाशित: १६ फाल्गुन २०८२ २०:२० शनिबार





