स्पेनले विश्वकप जितेपछि उत्सव मनाउने क्रममा एक १३ वर्षीय बालकको मृत्यु भएको छ।
पोर्चुगलको सिमाना नजिकै रहेको सलामान्का प्रान्तको मध्ययुगीन शहर सिउडाड रोड्रिगोमा सोमबार उत्सव मनाउने क्रममा पानीको फोहोरा भत्किँदा १३ वर्षीय बालकको मृत्यु भएको छ भने अर्का एक बालक घाइते भएका छन्।
शहरको केन्द्रमा रहेको अर्बोल गोर्डो फाउन्टेनमा सयौं बासिन्दाहरू उत्सव मनाउन भेला भएका थिए।
विज्ञप्ति जारी गर्दै सियुडाड रोड्रिगोको टाउन हलले पीडितप्रति समवेदना व्यक्त गरेको छ।
‘सम्पूर्ण शहरले यो क्षति महसुस गर्दछ र नाबालिगका साथीभाइ र परिवारलाई उनीहरूको शोकमा साथ दिन्छ ... स्पेनी राष्ट्रिय टोलीको विश्वकप जितको उत्सव हुनुपर्ने कुरा त्रासदीमा परिणत भएको छ’, विज्ञप्तिमा भनिएको छ।
स्पेनले अर्जेन्टिनालाई १–० ले हराउँदै विश्वकप २०२६को उपाधि जितेको छ। अतिरिक्त समयमा फेरान टोरेसको एकमात्र गोलले स्पेनले २०१० पछि विश्वकपमा पहिलो उपाधि जितेको थियो।
प्रकाशित: ४ श्रावण २०८३ १६:४२ सोमबार





