४ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजामा लगभग तीनमध्ये एक जना धेरै दिनदेखि भोकै छन्: संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले गाजामा लगभग तीन जनामध्ये एक जना धेरै दिनदेखि खानाविहीन रहेको चेतावनी दिएको छ।

विश्व खाद्य कार्यक्रमले एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'कुपोषण बढ्दै गएको छ र ९० हजार महिला तथा बालबालिकालाई तत्काल उपचारको आवश्यकता छ।'

एजेन्सीहरूका अनुसार गाजामा यो हप्ता अनिकाल अझ खराब हुँदैछ। गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार कुपोषणका कारण थप नौ जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार इजरायलसँगको युद्ध सुरु भएदेखि कुपोषणका कारण मृत्यु हुनेको कुल संख्या १२२ पुगेको छ।

गाजा भित्र र बाहिर सबै आवागमन नियन्त्रण गर्ने इजरायलले यस क्षेत्रमा पुग्न कुनै पनि सहायतालाई रोकेको छैन भनी बताएको छ।

इजरायलले गाजामा कुपोषणको लागि हमासलाई पनि दोष दिएको छ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७, २०२३ देखि गाजामा ५९,००० भन्दा बढी मानिसहरू मारिएका छन्। एजेन्सी

प्रकाशित: १० श्रावण २०८२ ०९:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App