२४ कार्तिक २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियाका पूर्व ‘राष्ट्रप्रमुख’ को निधन

उत्तर कोरियाका लामो समयदेखि औपचारिक पूर्व राष्ट्रप्रमुख किम योङ नामको ९७ वर्षको उमेरमा निधन भएको छ। उनी सर्वोच्च जनसभाको प्रेसिडियमका अध्यक्ष थिए।

यो पद देशको नाम मात्रको राष्ट्रप्रमुखको रूपमा काम गर्छ। उनले सन् १९९८ देखि अप्रिल २०१९ सम्म यो पद सम्हालेका थिए र प्राय: विदेशी नेतासँगको बैठकमा देशको प्रतिनिधित्व गर्थे।

उत्तर कोरियाली नेता किम जोङ उन उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न र समवेदना व्यक्त गर्न पुगेका छन्। अन्त्येष्टि बिहीबार हुनेछ।

किम योङ नाम किम जोङ उनको परिवारसँग सम्बन्धित थिएनन्। तर उनी जीवनभर किम परिवारप्रति वफादार रहे। यो वफादारीले उनलाई दुई दशकसम्म शीर्ष पदमा रहन अनुमति दियो।

सन् १९५०–५३ को कोरियाली युद्धपछि उनी सत्तारुढ वर्कर्स पार्टीमा सामेल भए। उनी सन् १९७८ मा पोलिटब्युरोको सदस्य बनेका थिए। सन् १९८३ मा विदेश मन्त्रीको पद ग्रहण गरे। यस अवधिमा उनले १५ वर्षसम्म विदेश नीतिको नेतृत्व समेत गरेका थिए। 

सोभियत संघको पतन र अन्तर्राष्ट्रिय एक्लोपनको समयमा उनले तेस्रो विश्वका देशसँग सम्बन्ध कायम राख्न महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनले इरानमा सन् २०१२ मा भएको असंलग्न राष्ट्रहरूको शिखर सम्मेलन सहित असंलग्न देशहरूको धेरै सम्मेलनमा भाग समेत लिएका थिए। एजेन्सी

प्रकाशित: १८ कार्तिक २०८२ १२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App