४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युरोप-नेटोमाथि आक्रमणको मनसाय छैन : रुस

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युरोपेली संघ वा नेटो सदस्य देशहरूमाथि आक्रमण गर्ने रुसको कुनै मनसाय नभएको बताए।

यद्यपि उनले यदि रुसमाथि कुनै ‘आक्रमण’ भएमा त्यसको ‘निर्णायक जवाफ’ दिने चेतावनी दिए। शनिबार संयुक्त राष्ट्रसंघको महासभामा दिएको भाषणमा लाभरोभले पश्चिमी देशहरूबाट रुसविरुद्धको खतरा ‘बढ्दै’ गएको उनको भनाइ थियो।

फरक प्रशंगमा उनले इजरायलमाथि पनि निशाना बनाए। लाभरोभले रुसले अक्टोबर ७, २०२३ मा हमासको आक्रमणको निन्दा गरे पनि गाजामा प्यालेस्टिनीहरूको हत्या वा वेस्ट बैंक कब्जा गर्ने योजनालाई समर्थन नगर्ने स्पष्ट पारेका छन्। 

इजरायलले हमासलाई हराउन गाजामा आफ्नो अभियान आवश्यक रहेको बताएको छ। एजेन्सी

प्रकाशित: १२ आश्विन २०८२ ०९:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App