४ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

थाइल्याण्डमा नयाँ प्रधानमन्त्री : चार्नविराकुल निर्वाचित, शिनावात्रा परिवारलाई ठूलो धक्का

थाइल्याण्डको संसदले भूमजैथाई पार्टीका नेता अनुतिन चार्नविराकुललाई नयाँ प्रधानमन्त्रीमा निर्वाचित गरेको छ। उनले ३११ मत पाएर बहुमत हासिल गरे भने उनका प्रतिस्पर्धी फेउ थाईका उम्मेदवार चाइकासेम नितिसिरी १५२ मतमै सीमित रहे।

यो निर्णयसँगै अनुतिनले संवैधानिक अदालतले नैतिकता उल्लङ्घनको कारण बर्खास्त गरेकी पेटोङ्टार्न सिनावात्राको स्थान लिनेछन्। संसदको सबैभन्दा ठूलो दलको समर्थन उनले चार महिनाभित्र आम चुनाव गराउने वाचाका आधारमा पाएका हुन्।

अनुतिनको विजयीले शिनावात्रा परिवारलाई थप धक्का पुर्‍याएको छ। परिवारका कुलपिता थाक्सिन शिनावात्रा शुक्रबारै दुबई गएका थिए, जहाँबाट उनी सर्वोच्च अदालतको आगामी सुनुवाइका लागि फर्कने घोषणा गरेका छन्।

राजा महा वजिरालोङकोर्नबाट औपचारिक नियुक्ति भएपछि अनुतिन र उनको सरकारले चाँडै पदभार ग्रहण गर्ने अपेक्षा गरिएको छ। फेउ थाई पार्टीले भने पुनः सत्ता हातमा ल्याउने प्रतिबद्धता जनाउँदै संसदमा विपक्षको भूमिकामा जान तयार भएको छ। एजेन्सी

प्रकाशित: २० भाद्र २०८२ १८:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App