टेस्लाका प्रमुख एलोन मस्कले एक खर्ब डलरभन्दा बढीको तलब प्याकेज पाउने छन्। तर यसका लागि केही सर्तहरू छन्।
विद्युतीय कार कम्पनी टेस्लाको बोर्डले दिएको प्रस्ताव अनुसार आगामी दश वर्षमा कम्पनीको लागि केही अत्यन्त महत्वाकांक्षी लक्ष्यहरू प्राप्त गर्न सक्षम भएमा मात्र उनले यो प्याकेज पाउने छन्।
यो प्याकेज प्राप्त गर्न मस्कले टेस्लाको मूल्य आठ गुणा बढाउनुपर्नेछ, १० लाख आर्टिफिसियल इन्टेलिजेन्स रोबोट बेच्नुपर्नेछ, १.२ करोड टेस्ला कार बेच्नुपर्नेछ र अन्य धेरै कठिन लक्ष्यहरू प्राप्त गर्नुपर्नेछ।
यस अवधिमा मस्कले न त तलब पाउने छन् न त बोनस नै। बरू उनलाई शेयर दिइने छ, जुन सबै लक्ष्यहरू प्राप्त गरेपछि एक खर्ब डलरसम्मको हुने छ।
कम्पनीको बोर्डले लगानीकर्ताहरूलाई यस प्रस्तावको पक्षमा मतदान गर्न अपील गरेको छ।
'आज असम्भव जस्तो देखिने विकास नयाँ विचार, राम्रो प्रविधि र ठूलो नवीनता मार्फत हासिल गर्न सकिन्छ,' टेस्लाका अध्यक्ष रोबिन डेनहोमले भने।
प्रकाशित: २१ भाद्र २०८२ ०८:४५ शनिबार





