१ वैशाख २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

न्युयोर्कमा इरान युद्धको विरोध गर्ने ९० बढी प्रदर्शनकारी पक्राउ

इरान विरुद्धको युद्ध र इजरायललाई अमेरिकाले हतियार बेचेको भन्दै विरोध प्रदर्शन गर्नेहरू न्युयोर्कबाट पक्राउ परेका छन्। जानकारी अनुसार झण्डै एक सय जना पक्राउ परेका छन्।

म्यानहट्टनमा सडक अवरुद्ध गर्ने करिब ९० भन्दा धेरै प्रदर्शनकारीलाई न्युयोर्क प्रहरीले पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

विरोध प्रदर्शनको नेतृत्व गरिरहेको समूह ‘यहुदी भ्वाइस फर पिस’ का अनुसार पक्राउ पर्नेहरूमा ह्विसलब्लोअर चेल्सी म्यानिङ, अभिनेता हरी नेफ र न्युयोर्क सिटी काउन्सिल सदस्य एलेक्सा एभिल्सलगायत रहेका छन्।

सयौँको संख्यामा रहेका प्रदर्शनकारीले सुरुमा सिनेटका डेमोक्र्याटिक नेता चक शुमर र सिनेटर कर्स्टन गिलिब्रान्डको कार्यालय घेर्ने प्रयास गरेका थिए। उनीहरूले गिलिब्रान्डमाथि लेबनानमा इजरायली आक्रमण र इरान विरुद्धको युद्धलाई उक्साएको आरोप लगाएका छन्।

भवनभित्र छिर्न नदिएपछि प्रदर्शनकारीले बाहिरै सडक बन्द गरेर नाराबाजी गरेका थिए। प्रहरीले उनीहरूलाई पक्राउ गरी तीन वटा बसमा हालेर लगेको छ। प्रदर्शनका क्रममा उनीहरूले ‘बम होइन, मानिसहरूलाई पैसा दिनुहोस् !’ भन्ने नारा लगाएका थिए। एजेन्सी 

प्रकाशित: १ वैशाख २०८३ ११:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App