इरानमाथि सैन्य हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्न भएको पेन्टागनका एक वरिष्ठ अधिकारीले बताएका छन्।
पेन्टागनका प्रेस सचिव किंग्स्ली विल्सनले भने, 'यी बलहरूले हवाई र समुद्री क्षेत्रमा नियन्त्रण स्थापना गरेका छन् र हजारौं चिन्हित इरानी लक्ष्यमा आक्रमण गरेका छन्, जसले सञ्चालनात्मक प्रभुत्व देखाउँछ।'
अमेरिकी सेन्ट्रल कमाण्डले बिहीबार लगभग ६ हजार लक्ष्यमा हमला हुँदा ६० भन्दा बढी जहाज र ३० मिनेलयर नष्ट भएको जानकारी दिएको छ।
यस अपरेशनमा प्रयोग हुने हतियारहरूमा लडाकू जहाज, ड्रोन, मिसाइल रक्षा प्रणाली, युद्धपोत, ड्रोनविरुद्धका उपकरण, इन्धन आपूर्ति गर्ने विमान र कार्गो विमानहरू समावेश छन्।
पेन्टागनले अर्को विवरण अनुसार, ट्रिपोली नामक एक उभयचर हमला जहाज र लगभग दुई हजार ५०० मरीनलाई मध्यपूर्वमा तैनाथ गरिरहेको छ।
सेन्ट्रल कमाण्डले शुक्रबार पश्चिम इराकमा बिहीबार दुर्घटनाग्रस्त भएको अमेरिकी इन्धन आपूर्ति विमानमा रहेका सबै ६ चालक दलका सदस्यको मृत्यु भएको पुष्टि गरेको छ। यसले संयुक्त अमेरिकी–इजरायली इरानमाथि फेब्रुअरी २८ देखि सुरु गरेका आक्रमणमा मृत्यु हुने अमेरिकी सैनिकको संख्या कम्तीमा १३ पुगेको जनाएको छ।
इरानका संयुक्त राष्ट्रस्थित स्थायी प्रतिनिधि अमीर सईद इरावानीका अनुसार, हमलामा एक हजार ३०० भन्दा बढी नागरिकको मृत्यु भएको र ९ हजार ६६९ नागरिक स्थल नष्ट भएका छन्। सिन्ह्वा
प्रकाशित: ३० फाल्गुन २०८२ १२:२६ शनिबार





