२० मंसिर २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बंगलादेशमा कपडा कारखानामा भीषण आगलागी, कम्तीमा १६ जनाको मृत्यु

ढाकास्थित मीरपुर क्षेत्रमा रहेको एक कपडा कारखानामा लागेको भीषण आगलागीमा कम्तीमा १६ जनाको मृत्यु भएको बंगलादेशी अधिकारीहरूले बताएका छन्।अधिकारिहरूका अनुसार मृतकको संख्या अझै बढ्ने आशंका गरिएको छ।

दमकल विभागका अनुसार हालसम्म भेटिएका १६ वटा शव यति धेरै जलेका छन् कि तिनीहरूको पहिचान गर्न कठिन भएको छ। चारतले भवनमा आगलागी भएपछि आगो नियन्त्रणमा लिन दमकलकर्मीहरूलाई तीन घण्टाभन्दा बढी समय लागेको बताइएको छ। आगलागी नजिकैको रासायनिक गोदामसम्म पनि फैलिएको थियो, जहाँबाट रातभरि ज्वालाहरू उठिरहेका थिए।

स्थानीय सञ्चारमाध्यमका रिपोर्टअनुसार, मंगलबार राति ९ बजेसम्म (स्थानीय समय) पनि गोदाममा लागेको आगो पूर्ण रूपमा निभाइएको थिएन।

प्रकाशित: २९ आश्विन २०८२ ०८:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App