२८ श्रावण २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मलेसियाका प्रधानमन्त्री अनवर अस्पतालको निगरानीमा

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमको स्वास्थ्य परीक्षण भएको छ। उनी दुई दिनसम्म अस्पतालको निगरानीमा रहनेछन्। 

सोमबार ७९ वर्ष पुगेका उनलाई यसअघि पनि काँध र ढाडको समस्या हुँदै आएको थियो। प्रेस सचिव टुंकु नश्रुल अबैदाहले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘चिकित्सा विशेषज्ञहरूको टोलीद्वारा निर्धारित परीक्षण र प्रक्रियाहरू भइरहेका छन्।’ साथै, उनले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै उनी छिट्टै आफ्ना नियमित काममा फर्किने विश्वास व्यक्त गरेका छन्। 

नोभेम्बर २०२२ देखि प्रधानमन्त्रीको रूपमा कार्यरत अनवरलाई यसअघि सन् २०१८ मा पनि ढाड र काँधको समस्याका कारण अस्पताल भर्ना गरिएको थियो। हालको स्वास्थ्य परीक्षण र प्रक्रिया ती पुरानै समस्यासँग जोडिएको हो वा होइन भन्ने बारेमा भने कुनै स्पष्ट जानकारी दिइएको छैन।

प्रकाशित: २५ श्रावण २०८३ १३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App