११ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

अविरल वर्षाले हेटौँडामा १० वटा विद्युत् पोल ढले, सडक एकतर्फी सञ्चालन

अविरल वर्षाका कारण मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ सिर्पाली चोकनजिक १० वटा विद्युत् पोल ढलेको छ।

आइतबार बिहान करिब ५ः५५ बजे सिर्पाली चोकबाट करिब ५०० मिटरको दूरीमा सडकको साइटमा रहेका सिमेन्ट, बालुवा र रडबाट निर्मित विद्युत् पोलहरू लगातारको वर्षाका कारण जमिनबाटै उक्किएर ढलेका हुन्।

पोल ढलेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको खबर प्राप्त भएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले नेपाल विद्युत् प्राधिकरण हेटौँडासँग समन्वय गरी विद्युत् टोलीको सहयोगमा सडकमा लत्रिएका तार काटेको जनाएको छ।

तार व्यवस्थापन गरेपछि बिहान ७ः२० बजेदेखि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ आश्विन २०८३ ०९:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App