४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नयाँ युद्धपोत निरीक्षण गर्दै किमले दक्षिण कोरिया र अमेरिकालाई दिएको चेतावनी

उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो उन्नत युद्धपोत ‘चो ह्योन’ को निरीक्षण गरेका छन् र दक्षिण कोरिया र अमेरिकाबीच भएको संयुक्त सैन्य अभ्यासको आलोचना गरेका छन्।  

उनले यो अभ्यासलाई ‘शत्रुतापूर्ण’ भन्दै आणविक शक्ति विस्तारलाई छिटो अघि बढाउने घोषणा गरेका छन्।  

दक्षिण कोरिया–अमेरिकाको ‘उल्ची फ्रिडम सिल्ड’ नामक ११ दिने अभ्यासमा करिब २१ हजार अमेरिकी र १८ हजार दक्षिण कोरियाली सैनिक सहभागी छन्। यस अभ्यासमा कम्प्युटर–सिमुलेटेड युद्ध योजनादेखि फिल्ड प्रशिक्षणसम्म समावेश छ। उत्तर कोरियाले यसलाई आक्रमणको तयारीका रूपमा व्याख्या गरेका छन्।  

किमले पाँच हजार टन क्षमताको विध्वंसक ‘चो ह्योन’ लाई उत्तर कोरियाको नौसेना आणविक शक्तिको मुख्य आधारका रूपमा वर्णन गरेका छन्।  

यो युद्धपोत विभिन्न एन्टी–एयर, एन्टी–नेभल हतियारसहित ब्यालेस्टिक र क्रुज मिसाइल जस्ता आणविक सक्षम प्रणालीले सुसज्जित छ। यसलाई अर्को वर्षदेखि सक्रिय कर्तव्यमा ल्याउने तयारी भइरहेको छ।  

उत्तर कोरियाले यसै वर्ष दोस्रो र तेस्रो विध्वंसक निर्माणमा काम गरेका छन्। तर केही जहाज निर्माण प्रक्रियामा समस्या आएकाले बाह्य विशेषज्ञहरूले यसको पूर्ण क्षमतामा शंका व्यक्त गरेका छन्।  

किमले अभ्यासलाई ‘पहिलेभन्दा उत्तेजक’ भन्दै सक्रिय र भारी प्रतिकार गर्ने चेतावनी दिएका छन्। उनले सुरक्षा वातावरण दिनप्रतिदिन गम्भीर बन्दै गएको र यसका लागि सैन्य सिद्धान्त तथा अभ्यासमा छिटो परिवर्तन आवश्यक भएको बताएका छन्।  

दक्षिण कोरियाका नयाँ राष्ट्रपति ली जे म्युङले वार्ता र विश्वास पुनःस्थापनामा जोड दिँदै सन् २०१८ को अन्तर–कोरियाली सैन्य सम्झौता पुनर्जीवित गर्न चाहेको बताएका छन्।  

तर उत्तरले त्यो सम्झौता पालना नगर्ने घोषणा गरेका छन्, जसले भविष्यको संवाद अनिश्चित देखिन्छ। एपी

प्रकाशित: ३ भाद्र २०८२ १८:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App