९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

किम जोङ उन पनि चीन प्रस्थान

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन चीनमा आयोजना हुने विजय दिवस परेड समारोहमा भाग लिन प्रस्थान गरेका छन्।

कोरियाली केन्द्रीय समाचार एजेन्सीले किमले समारोहमा भाग लिन आफ्नो विशेष रेलमा प्योङयाङबाट बेइजिङको लागि प्रस्थान गरेको जनाएको छ। केसीएनएले विदेश मन्त्रालयका अधिकारी किम चोन इललाई उद्धृत गर्दै किम जोङ उन विदेशमन्त्री चोई सन हुई लगायतका शीर्ष अधिकारीहरूसँग यात्रा गरिरहेको बताएको छ।

सोमबार राति चिनियाँ सीमावर्ती शहर डान्डोङ पुगेको पुष्टि भएपछि किमको रेल मंगलबार बेइजिङ पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १७ भाद्र २०८२ ०९:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App