२ चैत्र २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘गोरु हो, बाख्रा होइन’ भन्दै हप्काएर किमद्वारा उपप्रधानमन्त्री बर्खास्त

उत्तर कोरियाली नेता किम जोङ उनले उपप्रधानमन्त्री याङ सुङ होलाई बर्खास्त गरेका छन्। 

राज्य सञ्चालित सञ्चारमाध्यमका अनुसार उनले एक महत्त्वपूर्ण औद्योगिक मेसिनरी कम्प्लेक्सको उद्घाटनका क्रममा उच्च अधिकारीहरूमा देखिएको ‘अक्षमता, गैरजिम्मेवारी र निष्क्रियता’ विरुद्ध असाधारण रूपमा कडा र सार्वजनिक आलोचना गरेका थिए।

केसिएनएका अनुसार किमले याङलाई ‘घटनास्थलमै’ पदमुक्त गर्न आदेश दिँदै ‘गैरजिम्मेवार, अशिष्‍ट र अयोग्य’ अधिकारीहरूलाई हप्काएका थिए। ‘कृपया, कमरेड भाइस प्रिमियर, धेरै ढिलो हुनुअघि नै आफैँ राजीनामा दिनुहोस्’, उनको भनाइलाई केसिएनएले उद्धृत गरेको छ।  

आणविक हतियार सम्पन्न उत्तर कोरिया अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण गम्भीर आर्थिक चुनौती र दीर्घकालीन खाद्यान्न अभावसँग जुध्दै आएको छ। यद्यपि किमले विगतमा पनि आर्थिक नीतिको कथित खराब व्यवस्थापनका लागि अधिकारीहरूलाई आलोचना गर्दै आएका थिए। तर यसरी खुला रूपमा बर्खास्त गर्नु दुर्लभ मानिन्छ।  

सोमबार हामग्योङ प्रान्तमा रहेको औद्योगिक कम्प्लेक्सको अवलोकनका क्रममा किमले ‘लामो समयदेखि पराजयवाद र निष्क्रियतामा फसेका’ कार्यकर्ताहरूले राज्यको विकासमा अवरोध पुर्‍याएको बताए। याङ ‘भारी जिम्मेवारी वहन गर्न अयोग्य’ रहेको टिप्पणी गर्दै उनले क्याडर नियुक्तिमा भएको ‘आकस्मिक गल्ती’ स्वीकार गरे। “गाडी तान्ने गोरु हो, बाख्रा होइन”, भन्दै किमले प्रभावकारी र सक्षम नेतृत्वको आवश्यकता औँल्याएका हुन्। एजेन्सी 

प्रकाशित: ६ माघ २०८२ १४:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App