२४ माघ २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उद्धारकर्मीमाथि इजरायलको आक्रमण : चार पत्रकारसहित २० जना मारिए

दक्षिणी गाजाको नासेर मेडिकल कम्प्लेक्समा इजरायली आक्रमणमा कम्तीमा २० जनाको ज्यान गएको छ, जसमा चार पत्रकार रहेका छन्। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पीडितहरू अस्पतालको चौथो तल्लामा दुई पटक गरिएको आक्रमणमा मारिएका हुन्। पहिले मिसाइल प्रहार गरियो, त्यसपछि उद्धार टोली आइपुग्दा फेरि आक्रमण भयो। 

गाजाको सरकारी मिडिया कार्यालयका अनुसार मारिने पत्रकारहरूमा रोयटर्सका लागि काम गर्ने फोटोपत्रकार हुसम अल–मसरी, द इन्डिपेन्डेन्ट अरेबिक र एपीलगायत मिडियामा संलग्न मरियम अबु दाक्का, एनबीसी नेटवर्कका लागि काम गर्ने मोआज अबु ताहा पनि थिए। आक्रमणको क्षणमै अल–मसरीले सञ्चालन गरिरहेको प्रत्यक्ष प्रसारण अचानक बन्द भएको थियो।

‘नासेर अस्पतालमा प्रेस कभरेज मिसनमा रहेका पत्रकारमाथि बम प्रहार गरेर गरिएको यो अपराधले पत्रकार सहकर्मीहरूलाई शहीद बनाएको छ,’ सरकारी मिडिया कार्यालयले विज्ञप्तिमा जनाएको छ। साथै, इजरायलसँगै अमेरिकी प्रशासन र बेलायत, जर्मनी, फ्रान्सजस्ता देशलाई पनि जिम्मेवार ठहराइएको छ।

अल जजीराका अनुसार सात अक्टोबर, २०२३ पछि गाजामा मारिएका पत्रकारहरूको संख्या कम्तीमा २७४ पुगेको छ।

प्रकाशित: ९ भाद्र २०८२ १७:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App