९ चैत्र २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हवाइ उडानको संख्या घटाउने इजरायलको तयारी

सार्वजनिक सुरक्षालाई मध्यनजर गर्दै इजरायलले उडान संख्या घटाउने तयारी गरेको छ।

इजरायलको राष्ट्रिय वायुसेवा कम्पनी एल अलले बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान संख्या घटाउन आदेश दिएका हुन्।

आइतबार राति सुरक्षा समीक्षा पछि यातायात मन्त्री मिरी रेगेभले सार्वजनिक सुरक्षालाई खतरामा पार्नबाट बच्न उडानहरूको संख्या सीमित गर्ने निर्णय गरे।

नयाँ नियमअनुसार अब प्रति घण्टा एउटा मात्र आगमन र एउटा प्रस्थान उडानलाई अनुमति दिइएको बताइएको छ।

यातायात मन्त्रालयको निर्णयपछि वायुसेवा कम्पनीले अधिकारीहरूलाई वैकल्पिक विमानस्थलको रूपमा रेड सी शहर एलाट नजिकै अवस्थित रामोन विमानस्थल खोल्न पनि आग्रह गरेको छ।

संयुक्त राज्य अमेरिका र इजरायल मिलेर इरानमा आक्रमण गरेपछि इरानले पनि इजरायल लगायत मध्यपूर्व देशहरुमा आक्रमण गरिरहेको छ। जसको कारण इरानले स्ट्रेट अफ होर्मुजमा कडाइ गर्दा विश्व उर्जा बजारमा तनाव सिर्जना भएको छ।

प्रकाशित: ९ चैत्र २०८२ १६:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App