२७ वैशाख २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हर्मुजमा इरानको पुनः नियन्त्रण सुरु, अमेरिकी नाकाबन्दी हटाउन चेतावनी

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार इरानको सेनाले स्ट्रेट अफ हर्मुजलाई पुनः नियन्त्रण सुरु गरेको छ ।

इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) सँग जोडिएको फार्स समाचार एजेन्सी, इरानी विद्यार्थी समाचार एजेन्सी र राज्य प्रसारक आईआरआइबी ले हर्मुज स्ट्रेट पूर्ण रूपमा सशस्त्र बलको नियन्त्रणमा रहेको जनाएको छ ।

आईआरजीसीको एक विज्ञप्ति उद्धृत गर्दै भनिएको छ,‘ हर्मुज स्ट्रेट पहिलेको अवस्थामा फर्कनेछ, सशस्त्र सेनाले क्षेत्र नियन्त्रण गरिरहेको छ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग आणविक कार्यक्रम सहितको सम्झौता नभएसम्म नाकाबन्दी जारी रहने बताएपछि इरानले पुनः होर्मुज बन्द गरेको हो ।

अमेरिकालाई ‘डकैती’ को आरोप लगाउँदै आईआरजीसीले ‘कथित नाकाबन्दी’ समुद्री लुटपाट जस्तै रहेको बताएको छ । इरानले यसअघि नै अमेरिकाले आफ्नो बन्दरगाहहरूको नाकाबन्दी जारी राखे होर्मुज बन्द गर्ने चेतावनी दिएको थियो । एजेन्सी

प्रकाशित: ५ वैशाख २०८३ १४:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App