१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरान–अमेरिका अप्रत्यक्ष वार्ता सुरु हुँदै, मध्यपूर्वमा सैन्य दबाब कायम

इरानका विदेश मन्त्री अब्बास अराघची आइतबार स्विट्जरल्यान्डको जेनेभा पुगेका छन्। मंगलबार अमेरिकासँग हुने अप्रत्यक्ष परमाणु वार्ताको दोस्रो चरणमा उनले इरानी प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्। उनले यस वार्तामा मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ। इरानी विदेश मन्त्रालयले अराघची कूटनीतिक तथा प्राविधिक टोलीसहित प्रस्थान गरेको जनाएको छ।

यस महिनाको सुरुमा ओमानमा भएको पहिलो बैठकपछि वार्ता पुनः सुरु भएको हो। धेरै महिनाको ठहरावपछि सुरु भएको यो संवाद क्षेत्रीय तनाव र अमेरिकाको बढ्दो सैन्य तयारीबीच भइरहेको छ।

वार्तामा इरानको युरेनियम समृद्धीकरणको सीमा, अनुगमन संयन्त्र तथा अमेरिकी प्रतिबन्धमा सहुलियतजस्ता विषयमा छलफल हुने अपेक्षा गरिएको छ। अराघचीले जेनेभामा स्विस र ओमानी अधिकारीहरूसँग भेट गर्नेछन् भने अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफेल ग्रोसी सँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।

इरानले दुवै पक्षलाई आर्थिक लाभ हुने नयाँ परमाणु सम्झौता चाहेको बताएको छ। सन् २०२५ को मध्यतिर भएको १२ दिनको द्वन्द्वपछि यी वार्ता भइरहेका हुन्, जसक्रममा अमेरिकाले इरानी परमाणु स्थलहरूमा बम आक्रमण गरेको थियो।

गत वर्ष इरान र इजरायल बीचको द्वन्द्वपछि वार्ता रोकिएको थियो। हाल इरानसँग उच्च स्तरमा समृद्ध गरिएको युरेनियमको ठूलो भण्डार रहेको बताइन्छ, जसले अन्तर्राष्ट्रिय चिन्ता बढाएको छ। इरान भने आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि भएको दाबी गर्दै आएको छ। एजेन्सी

प्रकाशित: ४ फाल्गुन २०८२ ०९:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App