१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा दुई जनालाई मृत्युदण्ड

इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा शनिबार दुई जनालाई मृत्युदण्ड दिएको इरानी अदालतले जनाएको छ।

यघौब करिम्पोर र नासेर बेक्रजादेहलाई गुप्तचरलाई सहयोग गरी जासुसी गरेको अपराधमा दोषी ठहर गरी मृत्युदण्ड दिएको अदालतको वेबसाइट उल्लेख गरिएको छ। यद्यपी उनीहरुलाई कहिले पक्राउ गरिएको थियो भन्ने विषय भने स्पष्ट बताइएको छैन।

सन् २०२५ जुनमा इजरायलसँगको इरानको युद्धलाई उल्लेख गर्दै, ‘सुरक्षा र सैन्य स्थानहरूको फोटो खिचि मोसाद अधिकारी कहाँ पठाएको अपराधमा करिम्पोरलाई  दोषी ठहर गरिएको जनाइएको छ।’  

गत फेब्रुअरी –२८ मा, इजरायल र अमेरिकाले इरानमा आक्रमण गरे पछि सुरु भएको युद्धलाई अन्त्य गर्नको लागि अप्रिल –८ देखि युद्धविराम लागु भएको छ।  

पछिल्लो समयमा इरानले जनवरीमा सामूहिक विरोध प्रदर्शनसँग सम्बन्धित व्यक्तिहरूलाई मृत्युदण्ड दिएको जनाइएको छ जसलाई इजरायल, अमेरिका र प्रतिबन्धित पिपुल्स मुजाहिदीन सङ्गठनसहितका विपक्षी समूहहरूले उक्साएको बताएको छ।  यसअघि इरानले युद्धपूर्वको विरोध प्रदर्शनको क्रममा मध्य प्रान्त इस्फहानमा प्रहरी अधिकारीहरूलाई आक्रमण गरेको आरोपमा ससान आजादवर भनेर चिनिएका व्यक्तिलाई फाँसी दिएको बताएको छ। एएफपी

प्रकाशित: १९ वैशाख २०८३ १७:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App