३० असार २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाले लज्जास्पद हार बेहोरेको इरानका सर्वोच्च नेताको भनाइ

इरानका सर्वोच्च नेता आयातोल्लाह मोजतबा खामेनीले इस्लामिक गणतन्त्रसँगको युद्धमा अमेरिका पराजित भएको दावी गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लामो नाकाबन्दीको इरानी नेतृत्वले उल्लङ्घन गर्न सफल हुनुलाई इरानको जीतका रूपमा लिएको सर्वोच्च नेता खामेनीले बताएका हुन्।  

'यस क्षेत्रमा सबैभन्दा ठूलो सैन्य तैनाथी र आक्रमण र संयुक्त राज्य अमेरिकाको लज्जास्पद हारको दुई महिनापछि पर्सियन खाडी र स्ट्रेट अफ हर्मुजका लागि नयाँ अध्याय खुलेको छ।', बिहीबार एक लिखित सन्देश जारी गर्दै उनले भने।  

इरानको नयाँ सर्वोच्च नेताका रूपमा मार्च ९ मा नियुक्त भएयता अहिलेसम्म सार्वजनिक रूपमा देखा नपरेका खामेनीको सन्देश इरानमा 'पर्सियन खाडी' दिवसको वार्षिक राष्ट्रिय उत्सवको अवसरमा आएको हो।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि तत्कालिन सर्वोच्च नेता तथा खामेनीका पिताको मृत्यु भएपछि मोजतबा खामेनी सर्वोच्च नेता बनेका थिए। गत हप्ता न्यूयोर्क टाइम्सले नाम नखुलाइएका कैयौँ इरानी अधिकारीलाई उद्धृत गर्दै आक्रमणमा खामेनी गम्भीर घाइते भएको तर उनी मानसिक रूपमा तेज रहेको बताएको थियो।

आफ्नो बिहीबारको सन्देशमा उनले अमेरिकाले यस क्षेत्रमा आफ्ना सहयोगीहरूलाई सुरक्षित गर्ने कुनै आशा प्रदान गर्ने कुरा त परै जाओस् अमेरिकी अड्डाहरूमा 'आफ्नो सुरक्षा सुनिश्चित गर्ने क्षमताको पनि अभाव रहेको बताए।  

उनले यस क्षेत्रका देशहरूका लागि 'आराम र प्रगति' ल्याउने माध्यमको रूपमा रणनीतिक स्ट्रेट अफ होर्मुजको इरानको 'नयाँ कानुनी ढाँचा र व्यवस्थापन' को प्रशंसा गरे। मध्यपूर्व युद्ध सुरु भएदेखि यो जलमार्ग एउटा प्रमुख विन्दु बनेको छ, इरानले जलमार्गबाट केवल केही जहाजलाई मात्र पार गर्न अनुमति दिएको छ।

प्रकाशित: १७ वैशाख २०८३ २०:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App