२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरान वार्ता लम्ब्याउने रणनीतिमा छ : ट्रम्प

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नेतृत्व बेइमान भएको आरोप लगाएका छन्।

तेहरानले वार्तामा बारम्बार अडान परिवर्तन गर्ने गरेको आरोप लगाउँदै उनले यस्तो बताएका हुन्।

उनले इरानले जानाजानी वार्ता र कागजात प्रक्रियालाई लम्ब्याउने गरेको आरोप लगाए। ट्रम्पले भने, ‘तिनीहरू धेरै बेइमान मानिसहरू हुन्। नेतृत्वले बारम्बार आफ्नो कुरा परिवर्तन गर्छन्।’

उनीहरुले व्यापारमा धेरै पटक यस्तो हर्कत गर्ने गरेका ट्रम्पको आरोप छ। एउटा सर्त सम्झौता भएपछि फेरि नयाँ सर्तहरू लागू गर्ने गरेका उनले बताए।

इरानले २० मिनेटमा आइपुग्ने कागजातहरु पाँच दिनमा पनि नपठाउँने बताउखै उनले उनीहरुले वार्तालाई लम्ब्याउने रणनीति गरिरहेको आरोप लगाए।

प्रकाशित: २९ वैशाख २०८३ ०९:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App