१३ श्रावण २०८३ बुधबार
image/svg+xml
बजार

सुनको मूल्य घट्दा चाँदीको भाउ बढ्यो

स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ। हिजो मंगलबारको तुलनामा सुन तोलामा रु एक हजारले घटेको छ भने चाँदी रु १० ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार दुई सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३२० कायम भएको छ।

हिजो छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३१० कायम भएको थियो।

गत सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ४४५ मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार २९ र चाँदी ५७ अमेरिकी डलरमा किनबेच भइरहेको छ।

प्रकाशित: १३ श्रावण २०८३ ११:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App