२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाले युद्धविराम तोडेको इरानको आरोप

इरानको विदेश मन्त्रालयले शनिबार अमेरिकाले युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ।

तनाव कम गर्नुको सट्टा अमेरिकाले आफ्नो सैन्य कारबाहीबाट सम्पूर्ण क्षेत्रको सुरक्षालाई खतरामा पारिरहेको बताउँदै इरानले यस्तो आरोप लगाएको हो।

विदेश मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'अमेरिकाले सिरिक क्षेत्र र केश्म टापुमा रहेको इरानको तटीय राडार र अनुगमन केन्द्रहरूमा आक्रमण गरेको छ, जुन युद्धविरामको स्पष्ट उल्लङ्घन हो।'

इरानले यी आक्रमणहरूपछि जस्तोसुकै परिस्थिति उत्पन्न भए पनि र जस्तोसुकै परिणाम भए पनि, त्यसको लागि अमेरिका पूर्ण रूपमा जिम्मेवार हुने बताएको छ।

प्रकाशित: २४ जेष्ठ २०८३ १०:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App