अमेरिका र इजरायलले संयुक्त आक्रमण गरेपछि इरानमा इन्टरनेट बन्द भएको छ।
देशमा ३७ दिन वा ८६४ घण्टादेखि राष्ट्रव्यापी इन्टरनेट बन्द रहेको बताइएको छ।
इन्टरनेट अनुगमन संस्था नेटब्लक्सले कुनै पनि देशमा सबैभन्दा लामो राष्ट्रव्यापी इन्टरनेट बन्द भएको यो पहिलोपटक भएको बताएको छ।
इरानले सुरुमा विश्वव्यापी इन्टरनेट कनेक्टिभिटी कायम राखेको थियो, तर पछि अन्तर्राष्ट्रिय नेटवर्कहरूबाट आफूलाई अलग्गै राख्दै राष्ट्रिय नेटवर्कमा सीमित गरेको थियो।
अमेरिका र इजरायली आक्रमण पछि सरकारले इन्टरनेट पहुँचमा कडा नियन्त्रणहरू लागू गरेको थियो।
यसअघि जनवरीमा विरोध प्रदर्शनको क्रममा देशले एक हप्ता लामो इन्टरनेट बन्द गरेको थियो।
प्रकाशित: २२ चैत्र २०८२ १७:१२ आइतबार





