५ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नेपालबारे भारत : अवस्था सुधार भइसक्यो, यात्रा गर्दा सावधानी जरुरी

भारतीय दूतावासले भारत र नेपालबिचको आवागमन र त्यहाँको पछिल्लो अवस्थाबारे सल्लाह जारी गरेको छ।

नेपालस्थित भारतीय दूतावासले भनेको छ, ‘विगत केही हप्ताको तुलनामा नेपालको अवस्थामा सुधार आएको छ। सडक यातायात र उडानहरू नियमित रूपमा सञ्चालन भइरहेका छन्।’

‘यद्यपि, नेपाल यात्रा गर्ने भारतीय नागरिकहरूलाई सावधानी अपनाउन र भारतीय दूतावास वा स्थानीय अधिकारीहरूले जारी गरेको सल्लाह पालना गर्न सल्लाह दिइन्छ।’

भारतीय दूतावासले सहयोग गर्न हेल्पलाइन नम्बर, आपतकालीन नम्बर र इमेल ठेगाना पनि जारी गरेको छ र आवश्यकता परेमा दूतावासमा सम्पर्क गर्न सुझाएको छ।

एडवाइज़री

हालै भ्रष्टाचारविरोधी ‘जेन-जी’ आन्दोलनको क्रममा नेपालमा हिंसा भड्किएको थियो। विरोध प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफ्नो पदबाट राजीनामा दिए।

विरोध प्रदर्शनको क्रममा युवाहरूको भीडले संसद्सहित धेरै सरकारी भवनमा आगजनी गरेको थियो।

अहिले सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ। आगामी फागुन २१ मा चुनावको मिति घोषणा पनि भइसकेको छ। 

प्रकाशित: ४ आश्विन २०८२ ०८:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App