५ चैत्र २०८२ बिहीबार
image/svg+xml
अपराध

दा'उले हानेर पत्नीको खुट्टा छि'नाल्ने पति ४ दिनदेखि फरार

पर्साको पर्सागढी नगरपालिकामा एक व्यक्तिले आफ्नै पत्नीमाथि अमानवीय हिंसा गरेका छन्।

पर्सागढी नगरपालिका–३ बिरुवा टोलका ३० वर्षीय विशनाथ सहनीले धारिलो हतियार दाउ प्रहार गरी पत्नी हरिकलादेवीको खुट्टा छिनालेका हुन्।

घटना गत चैत १ गते भएको हो। हरिकलाको बायाँ खुट्टाको पैतालाभन्दा माथिको भाग छिनिएको छ।

गम्भीर घाइते उनको हाल बारास्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ। तर, घटनाको चार दिन बित्दासमेत प्रहरीले आरोपित पति विशनाथलाई पक्राउ गर्न सकेको छैन।

पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकले अभियुक्तको खोजी कार्य तीव्र पारिएको बताएका छन्।

‘अभियुक्त जङ्गलतर्फ फरार भएको सूचनाका आधारमा खोजी कार्यलाई तीव्रता दिएका छौं,’ उनले भने, ‘अहिलेसम्म उनी पक्राउ परिसकेका छैनन्।’

यसैबीच, पर्सा क्षेत्र नम्बर-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुशीलकुमार कानुले गम्भीर घाइते हरिकलादेवीको उपचारको सम्पूर्ण खर्च व्यहोर्ने प्रतिबद्धता जनाएका छन्।

‘गम्भीर घाइते हरिकलाको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले उपचार र कुरुवाका लागि लाग्ने सम्पूर्ण खर्चको प्रबन्ध हामी गर्नेछौँ,’ सांसद कानुले भने।

साथै, पीडित परिवारले न्याय र दोषीमाथि कारबाहीको माग गरेकाले तत्काल पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउन उनले स्थानीय प्रहरी प्रशासनलाई अनुरोध समेत गरेका छन्।

प्रकाशित: ५ चैत्र २०८२ १६:४० बिहीबार