१ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेइजिङमा भीषण वर्षा : बाढीका कारण ३० को मृत्यु, आपतकालीन चेतावनी जारी

चीनको राजधानी बेइजिङमा भारी वर्षा र बाढीका कारण ३० जनाको ज्यान गएको छ। बेइजिङ प्रशासनले बाढीको आपतकालीन चेतावनी जारी गरेको छ।गत साता शनिबारदेखि लगातार परिरहेको वर्षाका कारण ८० हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। अनुमान अनुसार, मंगलबार दिउँसोसम्म भारी वर्षा जारी रहनेछ।

चीनका राष्ट्रपति सी जिनपिङले बाढीमा हराएका सबै व्यक्तिहरूको खोजी गर्न र राहत तथा उद्धार कार्यमा पूर्ण प्रयास गर्न निर्देशन दिएका छन्।सोमबार उनले भने, ‘बाढीमा हराएका वा फसेका मानिसहरूको खोजी तथा उद्धारमा र प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न कुनै कसर बाँकी राख्न हुँदैन।’

जुलाई महिनामा बेइजिङमा पटक–पटक बाढी आएको छ। तीमध्ये सबैभन्दा ठूलो बाढी सन् २०१२ को जुलाईमा आएको थियो, जब एकै दिनमा १९० मिलिमिटर वर्षा भएको थियो।त्यो बाढीमा ७९ जनाको मृत्यु भएको थियो।

प्रकाशित: १३ श्रावण २०८२ ०८:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App