इजिप्टको मिडियाका अनुसार इजरायल र हमासबीच गाजामा भइरहेको शान्ति वार्ताको पहिलो दिनको वातावरण ‘सकारात्मक’ रहेको छ। यस वार्तामा अमेरिका, कतार र मिस्र मध्यस्थको भूमिकामा छन्।
मिस्रको सरकारी गुप्तचर निकायसँग सम्बन्धित अल–काहिरा न्यूज ले जनाएको छ कि वार्ताको पहिलो चरण ‘सकारात्मक माहोल’ मा सम्पन्न भएको हो।
वार्ताका क्रममा इजरायली बन्धकहरू र प्यालेस्टाइनी कैदीहरूको रिहाइ तयारीबारे छलफल भएको बताइएको छ।सरकारी मिडियाका अनुसार मिस्र र कतारका प्रतिनिधिहरू दुबै पक्षसँग मिलेर बन्धक र कैदीहरूको रिहाइका सम्भावित उपायहरू खोज्ने प्रयासमा छन्।
शान्ति वार्ता भइरहेका बेला इजरायली सेना उच्च सतर्क अवस्थामा राखिएको छ।यो सतर्कता इजरायलमाथि हमासले गरेको आक्रमणको दोस्रो वार्षिकीलाई ध्यानमा राख्दै जारी गरिएको बताइन्छ।
प्रकाशित: २१ आश्विन २०८२ १३:१९ मंगलबार





