९ चैत्र २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मोरोक्कोमा जेन-जी आन्दोलन : शिक्षा र स्वास्थ्य सुधारको माग

मोरोक्कोमा जेन-जी समूहका युवाले भ्रष्टाचार, बेरोजगारी र सामाजिक असमानताको विरुद्ध आवाज उठाइरहेका छन्। उनीहरूले 'जेन-जी-२१२' अभियानमार्फत देशभर स्वतन्त्र आन्दोलन सुरु गरेका छन्। 

सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्म, विशेषतः डिस्कर्ड, प्रयोग गरेर उनीहरू बिना राजनीतिक पार्टीको सहारा, नेतृत्वविहीन तर संगठित ढंगमा प्रदर्शन गरिरहेका छन्।

यी युवाको आक्रोश सरकारको प्राथमिकता र स्रोतको असमान वितरणप्रति हो। सरकारले सन् २०३० विश्वकपका लागि नयाँ स्टेडियम बनाउन अर्बौं डलर खर्च गर्दैछ, तर ग्रामीण भेगमा अस्पतालमा डाक्टर छैनन्, सडक कच्ची छन् र विद्यालय सुविधाविहीन छन्।

आन्दोलनको दौरान हजारौं युवा सडकमा उत्रिएका छन्। धेरै स्थानमा झडप पनि भएका छन्, जसमा केहीको ज्यान गएको छ र सयौं युवा पक्राउ परेका छन्। यति हुँदा पनि युवाको जोश र आवाज कमजोर भएको छैन। उनीहरूले राजा मोहम्मद ६ लाई खुला पत्र लेखेर प्रधानमन्त्रीको राजीनामा, भ्रष्ट नेताको कारबाही र सुधारको माग गरेका छन्।

जेनजी आन्दोलन मोरोक्कोमा मात्र सीमित छैन, यसले विश्वभरका युवामा परिवर्तनको भावना जागृत गरिरहेको छ। यो आन्दोलन न्याय, समानता र उत्तरदायित्वको खोजीमा रहेको नयाँ पुस्ताको बलियो कदम हो। एपी

प्रकाशित: २ कार्तिक २०८२ १२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App