२९ असार २०८३ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीलङ्काले घटायो इन्धनको मूल्य

मध्य पूर्व युद्धविरामपछि श्रीलङ्काले मङ्गलबार इन्धनको मूल्यमा छ प्रतिशतसम्म कटौती गरेको जनाइएको छ। 

श्रीलङ्काको पेट्रोलियम कर्पोरेसनले डिजेल २५ रुपैयाँ प्रतिलिटर घटाएर ३८२ रुपैयाँ र पेट्रोल २० रुपैयाँ घटाएर ४१४ रुपैयाँ कायम गरेको बताएको हो।

अमेरिका र इरानले आफूहरू बीच द्वन्द्व अन्त्य गर्न वार्ता गर्ने सहमति भएपछि अन्तर्राष्ट्रिय ऊर्जाको मूल्यमा आएको तीव्र गिरावटसँगै श्रीलङ्कामा पनि ऊर्जाको मूल्यमा कटौती गरिएको जनाइएको छ।

गत फेब्रुअरी–२८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि श्रीलङ्काले पेट्रोल र डिजेलको मूल्य करिब ५० प्रतिशतले बढाएको थियो।  

द्वन्द्वको समयमा उच्च आयात र लागत बीच सन्तुलन कायम गर्न श्रीलङ्कामा बिजुलीको शुल्क पनि एक तिहाइले वृद्धि गरिएको अधिकारीहरूले बताएका थिए। 

श्रीलङ्काले आवाश्यक सबै तेल खरीद गर्ने र बिजुली उत्पादनका लागि आयातित कोइलामा पनि निर्भर रहने अवस्था रहेकाले मध्य पूर्वमा जारी लामो द्वन्द्वले कमजोर आर्थिक अवस्थालाई प्रभावित पार्न सक्ने चेतावनी दिइएको थियो।   एजेन्सी 

प्रकाशित: १६ असार २०८३ ११:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App