जुलाई २३ मा इटालीको ब्रेस्सिया नजिकै ए२१ कोर्डामोल-ओस्पिटालेट राजमार्गमा एउटा अल्ट्रालाइट विमान दुर्घटनाग्रस्त भएको छ।
यस दुर्घटनामा विमान उडाइरहेका ७५ वर्षीय वकिल सर्जियो रवाग्लिया र उनकी ५५ वर्षीया श्रीमती अन्ना मारिया डे स्टेफानोको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।
प्रारम्भिक जानकारी अनुसार पाइलटले आपतकालीन अवतरण गर्ने प्रयास गरे, तर कम गतिका कारण विमानको नियन्त्रण गुमाए।
इटालीको राष्ट्रिय उडान सुरक्षा एजेन्सीले दुर्घटनाको अनुसन्धान सुरु गरेको छ। यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
स्थानीय बासिन्दा एन्जो ब्रेगोलीले भने, 'विमान धेरै तल उडिरहेको थियो र अचानक घुमेर सडकमा खस्यो। त्यसपछि ठूलो विस्फोट भयो र आगो फैलियो।'
विमान ठोक्किएपछि दुईवटा कारमा आगो लागेको थियो। एक चालक गम्भीर घाइते भएका थिए र उनलाई अस्पताल लगिएको थियो भने अर्कोको घटनास्थलमै उपचार गरिएको थियो।
दमकल, एम्बुलेन्स र स्थानीय प्रहरी तुरुन्तै घटनास्थलमा पुगे। दमकलकर्मीहरूले आगो नियन्त्रणमा लिए र राजमार्ग दुवै तर्फबाट बन्द गरिएको थियो। एजेन्सी
प्रकाशित: १० श्रावण २०८२ ०८:१६ शनिबार





