१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

टोकियोमा खाद्यान्नको मूल्य आकाशियो, बाल स्याहार शुल्क घट्यो

जापानको आन्तरिक मामिला मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार राजधानी टोकियोको मूल उपभोक्ता मूल्य सूचकांक चालू अगस्त महिनामा अघिल्लो वर्षको सोही महिनाको तुलनामा २.५ प्रतिशतले बढेको छ।

सन् २०२० लाई आधार वर्ष मानेर बनाइएको सूचकांक सयमा रहँदा यस पटकको सूचकांक एक सय १० पुगेको छ। यो वृद्धि दर अघिल्लो अगस्त महिनासँग समान रहेको मन्त्रालयले जनाएको छ। खाद्यान्नको मूल्य निरन्तर बढिरहेको छ। ताजा वस्तुहरू बाहेक प्रशोधित खाद्य वस्तुहरूको मूल्य ६.९ प्रतिशतले बढेको छ। विशेष रूपमा चामलको मूल्य ४६.८ प्रतिशत, चकलेटको ५३.८ प्रतिशत र कफीको दानाको मूल्य ४७.८ प्रतिशतले बढेको देखिएको छ।

यो वृद्धि केही मात्रामा सन्तुलनमा ल्याउने गरी टोकियो महानगरपालिकाले चालू सेप्टेम्बर १७ गतेदेखि बालबालिका स्याहार शुल्क माफ गर्ने कार्यक्रम विस्तार गरेपछि बाल स्याहार सेवाको शुल्कमा ६०.४ प्रतिशतको कमी आएको छ।

टोकियोको मूल्य सूचकांकलाई देशभरको महँगीको प्रवृत्ति देखाउने प्रमुख संकेतकको रूपमा लिइन्छ। सम्पूर्ण जापानको चालू महिनाको उपभोक्ता मूल्य सूचकांक आगामी अक्टोबर २४ गते सार्वजनिक गरिने कार्यक्रम रहेको छ। सिन्ह्वा

प्रकाशित: ११ आश्विन २०८२ ०७:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App