२२ वैशाख २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोइला खानीमा विस्फोट : ९ जनाको मृत्यु, ६ जनाको उद्धार

कोलम्बियाको कोइला खानीमा भएको विस्फोटमा ९ जना खानी मजदुरको मृत्यु भएको छ । अरु ६ जना घाइतेको जिवितै उद्धार गरिएको कोलब्यिाको खानी विभागले जनाएको छ ।

सुटाटौसा, कुन्डिनमार्काको ला सिस्कुडा खानीमा विस्फोट भएको पुष्टि गर्दै विभागले  विस्पोटको समयमा खाानी भित्र रहेका सबै १५ जना कामदारहरू प्रभावित भएको र जिवितै उद्धार गरिएका ६ जनालाई उपचारका लागि अस्पताल लगिएको जनाएको छ ।  

विभागले यस अघि अप्रिल –९ मा गरेको निरीक्षणले ग्यास निर्माण र निस्कासन गरिएका सुरुङ्गहरूको सुरक्षा जोखिमहरू पहिचान गरी धुलो नियन्त्रण सुधार गर्न सिफारिस जारी गरेको बताएको छ ।

कोलम्बियाली रेड क्रसका एकाइहरू पनि घटनास्थलमा रहेको जनाइएको छ भने  पीडित परिवार र अन्यलाई मनोसामाजिक सहयोग प्रदान गर्दै, गभर्नर जोर्ज एमिलियो रेले सामाजिक सञ्जाल एक्समा  खानी उत्खनन प्रकोपबाट प्रभावितहरू प्रति समवेदना व्यक्त गरेका छन् ।  

प्रकाशित: २२ वैशाख २०८३ १४:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App