५ श्रावण २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कंगोमा विकराल बन्दै इबोला महामारी : ३६ स्वास्थ्यकर्मीसहित ९३० को मृत्यु

कंगोमा इबोला भाइरसको प्रकोपबाट मृत्यु हुनेको संख्या ९३० पुगेको छ। देशको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार शनिबारसम्म दुई हजार ३४४ वटा इबोलाका संक्रमित पुष्टि भएका छन्।

२४ घण्टाको अवधिमा मात्रै ३७ जनाको मृत्यु भएको छ, जुन एकै दिनमा रेकर्ड गरिएको सबैभन्दा धेरै मानवीय क्षति हो। गत मे महिनामा पूर्वी कंगोमा देखिएको यो इबोला प्रकोप हालसम्मकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको छ। यस प्रकोपका लागि जिम्मेवार मानिएको बुन्डिबुग्यो भाइरस अन्य इबोला भाइरसभन्दा कम सामान्य मानिन्छ। तर यसको कुनै स्वीकृत खोप वा उपचार उपलब्ध छैन।

सबैभन्दा बढी प्रभावित इटुरी प्रान्तमा सुरक्षाको त्रासका कारण उद्धार तथा उपचारको काम प्रभावित भएको छ। मे महिनाको मध्यदेखि स्वास्थ्य संस्था र चिकित्सा टोलीमाथि कम्तीमा १२ वटा आक्रमण भइसकेका छन्। यसबाहेक, धेरै स्वास्थ्यकर्मीले समयमा तलब नपाएको भन्दै काम छाडेका छन्। यो भाइरसको संक्रमणबाट हालसम्म कम्तीमा ३६ जना स्वास्थ्यकर्मीको पनि मृत्यु भइसकेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल ७२४ जना बिरामी आइसोलेसन र अस्पतालमा उपचाररत छन् भने प्रभावित क्षेत्रमा प्रतिकार्यका प्रयासहरू तिब्र पारिएको छ। एजेन्सी 

प्रकाशित: ४ श्रावण २०८३ १३:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App