३ श्रावण २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

होर्मुज जलमार्ग खोल्न इरानलाई चीनको आग्रह

चिनियाँ विदेशमन्त्री वाङ यीले इरानी विदेशमन्त्री अब्बास अराघचीलाई होर्मुज जलमार्गमा सामान्य आवागमन पुनर्स्थापित गर्न प्रयास गर्न आग्रह गरेका छन्।

वाङले हर्मुज जलमार्गमा इरानको सार्वभौमसत्ता र सुरक्षाको सम्मान र रक्षा गरिनुपर्ने जिकिर गर्दै यस जलमार्गबाट ​​नेभिगेसनको स्वतन्त्रता र सुरक्षाको पनि ग्यारेन्टी गरिनुपर्ने बताए।

उनले यो समुद्री मार्ग खोल्नु सबै देशको हितमा रहेको बताए। वाङले चीनले युद्धविराम कायम राख्ने र वार्ता पुनः सुरु गर्ने कुरालाई समर्थन गरेको जिकिर गरे।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्ग सधैँका लागि खोल्ने बताएका थिए।

ट्रुथ सोसियलमा पोस्ट गर्दै ट्रम्पले लेखेका छन्, 'चीन धेरै खुसी छ कि म हर्मुजको जलमार्ग सदाको लागि खोल्दैछु। म यो उनीहरूको लागि र सम्पूर्ण विश्वको लागि गर्दैछु। यो अवस्था फेरि कहिल्यै उत्पन्न हुनेछैन।'

हर्मुजको जलमार्ग एक महत्त्वपूर्ण समुद्री मार्ग हो, जसले विश्वको २० प्रतिशत तेल र ग्यास आपूर्ति गर्दछ। अमेरिका र इजरायलले फेब्रुअरी २८ मा गरेको आक्रमणपछि इरानले यस समुद्री मार्गमा नाकाबन्दी लगाएको छ।

यो मार्ग बन्द भएपछि विश्वव्यापी तेल र ग्यास संकट बढेको छ भने मूल्यमा वृद्धि भएको छ। इरान युद्धपछि सुरु भएको यो संकटले आगामी दिनमा ऊर्जा आपूर्तिमा अझ गम्भीर प्रभाव पार्न सक्ने बताइएको छ।

प्रकाशित: ३ वैशाख २०८३ १४:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App