चीनले आफ्नो जल क्षेत्रमा अवैध रूपमा प्रवेश गरेको आरोपमा माछा मार्ने जापानी जहाजलाई लखेटेको घोषणा गरेको छ।
मंगलबार चाइना कोस्ट गार्ड (सिसीजी) का प्रवक्ता लिउ डेजुनलाई उद्धृत गर्दै चीनको दियाओयु दाओ क्षेत्रको क्षेत्रीय पानीमा अवैध रूपमा प्रवेश गरेपछि माछा मार्ने जापानी जहाजलाई चेतावनीसहित निष्कासन गरिएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ।
सिसीजीले कानुनअनुसार आवश्यक नियन्त्रण उपायहरू अपनाउनुका साथै चेतावनी जारी गरी जहाजलाई फर्काएको उल्लेख गर्दै उनले दियाओयु दाओ र यसका टापुहरू अभिन्न चिनियाँ क्षेत्र हुन् भन्ने कुरामा जोड दिएको बताए।
सिसीजीले चीनको क्षेत्रीय सार्वभौमिकता र समुद्री अधिकार तथा चासोको दृढतापूर्वक रक्षा गर्न दियाओयु दाओको पानीमा अधिकार-संरक्षण कानुन प्रवर्तन अपरेसनहरू जारी राख्ने उनले प्रस्ट पारेका छन्। एजेन्सी
प्रकाशित: १६ मंसिर २०८२ १३:३८ मंगलबार


-600x400.jpg)

