५ आश्विन २०८३ सोमबार
image/svg+xml
समाज

बस आ*गलागीमा परेका चालकको शरीरमा ९० प्रतिशत जलन

त्रिपुरेश्वरमा बस आगलागीमा परेका २५ वर्षीय चालक दावा लामाको अवस्था चिन्ताजनक रहेको कीर्तिपुर बर्न अस्पतालले जनाएको छ।

अस्पतालका वरिष्ठ बर्न प्लाष्टिक सर्जन डा. शंकरमान राईको अनुसार उनको शरीरको ९० प्रतिशत भन्दा बढी भाग जलेको छ।

उनलाई बचाउन सक्ने स्थिति नरहेको उनले जानकारी दिए। ‘९० प्रतिशत भन्दा बढी भाग जलेको छ, उपचारबाट पनि सफल हुने स्थिति छैन,’ डा. राईले भने।

सोमबार दिउँसो त्रिपुरेश्वर चोकमा रिद्धिसिद्धी यातायातको बा५ख४२४७ बसमा आगो लागेको थियो।

प्रारम्भिक रूपमा चालक आफैँले आगो लगाएको हुनसक्ने देखिएको काठमाडौं उपत्यका ट्राफिक कार्यालय प्रमुख एसएसपी सुरेश काफ्ले बताए। बसमा आगो कसरी लागेको भन्नेबारे अनुसन्धान भइरहेको र सीसीटीभी फुटेज र अन्य प्रमाण हेरेपछि मात्रै वास्तविक कारण खुल्ने उनले बताए।

प्रकाशित: ५ आश्विन २०८३ १५:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App