३ चैत्र २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान

चीनले अफगानिस्तान र पाकिस्तानलाई शान्त रहन, संयमता अपनाउन र जति सक्दोे छिटो वार्ताको माध्यामबाट युद्धविराम गर्न अनुरोध गरेको छ।

हालैको अफगानिस्तान–पाकिस्तान द्वन्द्वका बारेमा पत्रकारहरुसँगको साक्षातकारको क्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले यस्तो बताएका हुन्।

अफगानिस्तान र पाकिस्तान छिमेकीहरु एक अर्काबाट टाढा रहन नसकिने उल्लेख गर्दै लिनले उनीहरूका समस्या समाधानका लागि संवाद र परामर्श एक मात्र प्रभावकारी उपाय भएको बताए।

चीनले अफगानिस्तान र पाकिस्तानलाई चिनियाँ कर्मचारी, परियोजना र संस्थाहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको  समेत लिनले पुष्टि गरे। चीनले तनाव कम गर्न र अफगानिस्तान र पाकिस्तान बीचको सम्बन्ध सुधार गर्न रचनात्मक भूमिका खेल्ने पनि उनले बताए। सिन्ह्वा

प्रकाशित: ३ चैत्र २०८२ १७:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App