१७ भाद्र २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजिप्टमा बस दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु, २० बढी घाइते

इजिप्टको दक्षिणी सिनाई प्रान्तमा बुधबार बिहान  बस दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ। दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सिनाई प्रायद्वीपको पूर्वी तटमा पर्ने पर्यटकीय सहर दाहाबबाट नुवेइबा जाने सडकमा बस दुर्घटनामा परेको हो। दुर्घटनापछि उद्धार तथा घाइतेको उपचारका लागि २० वटा एम्बुलेन्स घटनास्थलमा परिचालन गरिएको मन्त्रालयका प्रवक्ता होसम अब्देल गफ्फारले बताएका छन्। 

बसमा ठूलो संख्यामा जोर्डनका नागरिक रहेको जनाइएको छ। जोर्डनको विदेश मन्त्रालयले दुर्घटनामा आफ्ना नागरिक पनि परेको पुष्टि गर्दै धेरैको मृत्यु तथा घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको जनाएको छ। 

जोर्डनको सरकारी सञ्चारमाध्यमका अनुसार बसमा २२ जना जोर्डनी नागरिकसहित कुल ४३ जना सवार थिए। दुर्घटनामा परेका १० जना जोर्डनी नागरिक रहेको प्रारम्भिक विवरणमा उल्लेख छ। 

दुर्घटनाको कारणबारे अधिकारीहरूले तत्काल केही बताएका छैनन्। घाइतेहरूलाई उद्धार गरी विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ। 

प्रकाशित: १७ भाद्र २०८३ १६:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App