४ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ब्राजिलका राष्ट्रपतिले भने : ट्रम्पको कर लगाउने चेतावनी 'अस्वीकार्य ब्ल्याकमेल'

ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमाथि ५० प्रतिशत कर लगाउने धम्की दिएपछि प्रतिक्रिया जनाएका छन्।

टेलिभिजनमा गरिएको कुराकानीमा सिल्भाले ५० प्रतिशत कर लगाउने ट्रम्पको धम्कीलाई 'अस्वीकार्य ब्ल्याकमेल' भनेर वर्णन गरे।

बिबिसीका अनुसार  ट्रम्पले ब्राजिल सरकारले पूर्वराष्ट्रपति जैर बोल्सोनारोविरुद्ध 'विच हंटिंग' गरेको आरोप लगाएका थिए। यसो भन्दै उनले जुलाई ९ मा ब्राजिलमा कर लगाउने घोषणा गरे।

२०२२ को चुनाव उल्ट्याउने षड्यन्त्रमा उनको कथित भूमिकाको लागि जैर बोल्सोनारो मुद्दामा छन्।

यदि दुई देशबिच कुनै सम्झौता भएन भने ब्राजिलमा ५० प्रतिशत भन्सार अगस्ट १ देखि लागू हुने छ।

आफ्नो भाषणमा लुला दा सिल्भाले ट्रम्पलाई समर्थन गर्ने नेताहरूलाई राष्ट्रविरोधी भने। एजेन्सी

प्रकाशित: २ श्रावण २०८२ ०९:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App