२७ वैशाख २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, आईसीयूमा उपचार गरिँदै

बलिउडकी ख्यातिप्राप्त गायिका आशा भोसलेलाई हृदयघात भएको छ।

शनिबार स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ।

९२ वर्षीया गायिका भोसलेलाई हाल चिकित्सकहरूको विशेष निगरानीमा राखिएको छ। 

उनको पछिल्लो स्वास्थ्य अवस्थाबारे अस्पताल प्रशासन वा परिवारका सदस्यहरूले हालसम्म कुनै आधिकारिक विज्ञप्ति जारी गरेका छैनन्। यसबारे उनकी बहिनी उषा मंगेशकरले आफूलाई अझै आधिकारिक जानकारी नभएको बताएकी छिन्।

भोसलेले गत ८ सेप्टेम्बर २०२५ मा आफ्नो ९२ औं जन्मदिन मनाएकी थिइन्। साढे सात दशक लामो साङ्गीतिक यात्रामा उनले नेपाली, हिन्दीसहित १४ भन्दा बढी भाषामा १२ हजारभन्दा बढी गीत गाएकी छिन्।

साङ्गीतिक क्षेत्रमा ठुलो उचाइ हासिल गरे पनि उनको व्यक्तिगत जीवन निकै सङ्घर्षपूर्ण रहेको छ। १६ वर्षको उमेरमा परिवारको इच्छाविपरीत विवाह गरेकी उनले घरेलु हिंसाको सामनासमेत गर्नुपरेको थियो।

कुनै समय ‘स्वर राम्रो नभएको’ भन्दै रेकर्डिङ स्टुडियोबाट निकालिएकी भोसलेले पछि आफ्नो गायकीमार्फत विश्वभर परिचय स्थापित गरिन्।

प्रकाशित: २८ चैत्र २०८२ २१:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App